सिनामंगल नगरसेवा समाजको परिचय

        काठमाडौं महानगरपालिका वडा नं ३२ पुरानो सिनामंगलमा बढदो शहरीकरणका कारण देखा परेका समस्याहरु समाधानका लागि नेपाल सरकारबाट वि.स. २०५३ साल र २०५९ सालमा भएका निणर्यहरु भए अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगत सिनामंगल जग्गा एकीकरण आयोजना वि.स. २०५३ देखि वि.स. २०६४ सम्म परियोजनाका रुपमा संचालन भएको सर्ब विदितै छ । सिनामंगल जग्गा एकीकरण आयोजनाले विकसित गरेका घडेरीहरुमा घर र जग्गा रहेका स्थायी बासिन्दाहरुले सोही आयोजना क्षेत्र वा प्लानिङ क्षेत्रलाई आफनो कार्य क्षेत्र वनाइ वि.स. २०५८ साल माघ २४ गते गैर नाफामूलक, गैर राजनीति र गैर सरकारी संस्थाका रुपमा छाता सँस्थाको रुपमा सिनामंगल नगरसेवा समाज स्थापना भएको यहाँहरुलाई अवगत नै छ । यस प्लानिङ क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरु बीचमा आपसी परिचय, भाइचारा, सुसम्बन्ध र सम्पर्क कायम गर्दै भौतिक पूर्वाधार विकास र वातावरण संरक्षणका कार्यहरु व्यवस्थित एवं वातावरणमैत्रीपूणर् तरीकाले स्थानीय प्रतिनिधिमूलक र स्वयंसेवी संस्थाका रुपमा काम कारवाहीलाई सहजीकरण गरी कार्य सम्पादन गर्ने मुख्य उदेश्य रहेको छ । मुलुकमा संघीयता आगमनसंगै यस समाजको संगठनमा पनि रुपान्तरण गर्न वि.स. २०७४ चैत्र १२ गते मौजुदा विधान संशोधन समेत भएको छ ।

         सिनामंगल नगरसेवा समाजले आफनो कार्य क्षेत्रलाई ६ वटा ब्लकमा विभाजन गरी हरेक ब्लकवाट कम्तिमा एक जना महिला समेत २ जना सदस्यहरु प्रतिनिधित्व गराउने (१२ जना), निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष समेत ५ जना एवम् अध्यक्षबाट मनोनित ६ जना सदस्यहरु सहित कुल २३ जना सदस्यहरु रहने व्यवस्था विधानमा गरिएको छ । समाजको कार्यहरुलाई प्रभावकारी ढंगले समाजको विकास होस भन्ने हेतुले सल्लाहकार परिषद गठनको प्रावधान रहेको छ ।

धरधुरी तथ्यांक

आवासीय क्षेत्रमा रहेका सबै घरधुरीको सदस्यता विस्तार र डाटा बुक तयार गर्ने कार्य सम्पन्न भएको छ।

सदस्यता विस्तार: आ.ब. २०८०।८१ मा ७४ जना र आ.ब. २०८१।८२ को मंसिर ३० गतेसम्म ६२ जना थप भएर समाजमा हाल सम्म १३६ जम्मा आजीवन सदस्यता लिइ सक्नु भएको छ।

ब्लक धरधुरी संख्या
२२०
१६०
३७५
२०६
२२६
३५९
कुल १५४६

सिनामंगल नगरसेवा समाजको रणनीति

  • सुविधायुक्त बस्ती र स्मार्ट शहर निर्माण तथा मर्मत संभारका लागि पहल
  • घर आगाँन र बस्ती हराभरा कायम
  • सफा चोक र मार्ग तथा बस्तीमा स्वच्छता कायम
  • शान्त र सुरक्षित प्लानिङ क्षेत्र कायम
  • स्थानीय बासिन्दाबाटै समाजको स्रोत र सम्पतिको व्यवस्थापन
  • समन्वय र सहकार्यको वातावरण निर्माण
  • दिगो वित्तीय तथा समाजको कार्यालय स्थापना र व्यवस्थापन